२३ बैशाख, २०८१ आइतबार

10:05:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

११ चैत, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपियाँमा कारोबार भएको छ

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।
शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ११ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ सय र तेजाबी सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो ।  शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।