२३ बैशाख, २०८१ आइतबार

09:07:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१० चैत, २०७८

बिहीबार छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।
बिहीबार सुनको मूल्य तोलामा ११ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।