२३ बैशाख, २०८१ आइतबार

10:27:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

९ चैत, २०७८

बुधबार सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं–सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको हो। 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख तीन सय रुपैयाँ थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार एक सय रुपैयाँले घटेर ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य मंगलबार ९९ हजार आठ सय रुपैयाँ थियो। 

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।