६ मंसिर, २०८१ बिहिबार

08:43:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय बीमा कम्पनी मुद्दती निक्षेपमा लगानी गर्दै (सूचनासहित)

Nepal Business

९ चैत, २०७८

राष्ट्रिय बीमा कम्पनी मुद्दती निक्षेपमा लगानी गर्दै  (सूचनासहित)

काठमाडौं–राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै कम्पनीमा रहेको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएको हो। 

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई चैत्र १५ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन सूचना मार्फ अनुरोध गरेको छ। 

सो सूचनामा लेखिएको छ, ‘चैत्र १५ गते कार्यालय समयभित्र कम्पनीको प्रधान कार्यालय, कोठा न. ४०४ (रातो बिल्डि) मा प्राप्त हुने गरी आवश्यक विवरण पूर्ण रूपले उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणको कपी समेत संलग्न गरो गोप्य सिलबन्दो प्रस्ताव पेस गर्न सूचना प्रकाशित गरिएको छ।’

बैंकको विवरण उल्लेख गर्नका लागि आवश्यक फाराम कम्पनीको Website: www.rbcl.gov. np डाउनलोड बाट  shilbandi.doc  डाउनलोड  गरी विवरण पत्र भरी पेस गर्नुपर्ने छ ।