२१ बैशाख, २०८१ शुक्रबार

09:20:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा ३१ अर्बको मोबाइल आयात, कुन देशबाट कति ?

८ चैत, २०७८

वार्षिक कुल खर्चको ६० प्रतिशत एक खर्ब ३६ अर्ब ८ करोड औपचारिक सञ्चारमा र ४० प्रतिशत ९० अर्ब ७२ करोड अनौपचारिक सञ्चारको क्षेत्रमा खर्च भइरहेको छ ।

नेपालमा ३१ अर्बको मोबाइल आयात,  कुन देशबाट कति ?

काठमाण्डौं । विगत दुई वर्षदेखि नेपालमा मोबाइल सेटको आयात बढेको छ । कोरोना महामारीबाट अर्थतन्त्र प्रभावित बनेपनि मोबाइलको कारोबार भने फस्टाएको छ । महामारीका कारण भएको बन्दाबन्दीले अध्ययन अध्यापन गर्नका लागी र आम नागरिकको बहुउपयोगी साधन भएकोले यसको आयात बढेको हो । 

विश्वमा सर्वप्रथम सन् १९८३ मा अमेरिकी नागरिक मार्टिन कपुरले मोबाइल फोनको आविश्कार गर्नु भएको थियो । त्यसपछि यो विश्वका विकसित देश हुँदै विश्वभर तीव्ररूपमा फैलियो जुन आज आम मानिसको अति आवश्यक वस्तुको रूपमा विकसित भइसकेको छ । आविश्कारसँगै यसले विश्व बजारलाई छिटै नै प्रभावित बनाउँदै लग्यो र विश्व अर्थतन्त्रमा छोटो समयमा यसले आफ्नो अस्तित्व जमाउन सफल भयो ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

आज यसको प्रयोग विश्वव्यापीकरण भइरहेको छ साथै विश्वको हरेक देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । यसले विश्व सञ्चारमा क्रान्ति नै सिर्जना गरी सुविधासम्पन्न साधनको रूपमा विकास गरिरहेको छ । आज आम नागरिकको अनिवार्य आवश्यक्ता हुँदै मोबाइलले व्यक्तिगत खर्चमा वृद्धि गर्दै गइरहेको छ ।

नेपालमा सर्वप्रथम मोबाइल फोनको सुरुवात वि.सं २०५६ सालबाट भएको हो त्यसताका नेपालमा उच्चवर्गका भीभीआईपी मानिसहरूले प्रयोग गर्थे, त्यस समय पोस्टपेड फोनको प्रयोग हुन्थ्यो र मानिसहरू गलामा भिरेर वा पाइन्टमा हुक लगाएर बोक्थे । उतिखेर मोबाइल फोन बोक्नेलाई सम्पन्न ठूलाबडा मान्ने प्रचलन थियो । पछि विसं २०६० सालबाट सर्वसाधारणको लागि प्रिपेड फोन आयो ।

आजभोलि मोबाइल सिमकार्ड बजारमा जताततै पाइन्छ । मोबाइलका सेटहरू पनि सस्ता र आधुनिक प्रविधिअनुरूप विकास हुँदै गए । मोबाइल फोनले आज रेडियो, टेलिभिजन, टेलिफोन, हुलाक, क्यालकुलेटर, टर्च, घडीलगायत कापी, कलम किताब आदिलाई विस्थापित गर्दै लगेको छ ।

नेपालको वर्तमान २ करोड ९२ लाख जनसंख्यालाई आधार मान्दा त्यसको औसत ७० प्रतिशत जनसंख्यासँग मोबाइल फोन रहेको, औसतमा एउटा मोबाइल फोन सेटमा १० हजारको दरले २ खर्ब १० अर्ब खर्च हुन्छ । वार्षिक औसत २६ अर्ब भन्दाबढिको मोबाइल आयात भइरहेका छन् भने यसको मर्मत संभारमा वार्षिक २ अर्ब  भन्दाबढि खर्च हुँदै गइरहेको छ ।

करिब २ करोड १० लाख जनसंख्यासँग रहेको मोबाइलको दैनिक न्यूनतम औसत खर्च ३० रूपैयाँ गर्दा दिनमा ६३ करोड र मासिक १८ अर्ब ९० करोड तथा वार्षिक २ खर्ब २६ अर्ब ८० करोड मोबाइल अन्तर्गतको सञ्चारमा खर्च हुँदै आइरहेको छ ।

वार्षिक कुल खर्चको ६० प्रतिशत एक खर्ब ३६ अर्ब ८ करोड औपचारिक सञ्चारमा र ४० प्रतिशत ९० अर्ब ७२ करोड अनौपचारिक सञ्चारको क्षेत्रमा खर्च भइरहेको छ । यहाँ अनौपचारिक सञ्चारको क्षेत्रमा भएको खर्चले थप सामाजिक विचलन, आर्थिक संकट र व्यक्तिगत आचरणमा प्रभाव पारिरहेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यसै रकममा ४२ लाख ५९ हजार ९ सय ८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ ।

करिब २ करोड १० लाख जनसंख्यासँग रहेको मोबाइलको दैनिक न्यूनतम औसत खर्च ३० रूपैयाँ गर्दा दिनमा ६३ करोड र मासिक १८ अर्ब ९० करोड तथा वार्षिक २ खर्ब २६ अर्ब ८० करोड मोबाइल अन्तर्गतको सञ्चारमा खर्च हुँदै आइरहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो । सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट यस अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ । यसैगरी भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १९ करोड ५५ लाख ६४ हजार, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार, जापानबाट ४ करोड २४ लाख ३० हजार, हङकङबाट ३ करोड ६ लाख ३१ हजार, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । 

विश्वमा मोबाइल फोन आधारभूत आवश्यकताको रूपमा फैलिरहेको छ । यसले मानिसलाई सुविधा, सहजता र सरलता प्रदान गरिरहेकोले यसमाथि मानवीय प्रेम बढ्दै गइरहेको छ । यसमा विश्व नै अटाएको छ तर विश्वका विकृति र विसंगतिको मात्र हिमायती बनियो भने यसले हामीलाई कुसंगततर्फ लैजाने निश्चित छ यसबाट सचेत र होसियार बन्दै आवश्यक विषयवस्तुलाई ग्रहण गर्दा यसको महत्व बढ्दै जाने देखिन्छ । तसर्थ यो आवश्यक साधन हो । देशको आर्थिक क्रियाकलाप विभिन्न स्रोतसाधनबाट चलायमान रहँदै आएको हुन्छ ।

मोबाइल पनि एक उत्कृष्ट सञ्चारको साधन हो यसलाई आवश्यक व्यवस्थापन गर्दा प्रयोग कर्ताको हित हुने देखिन्छ । यसका लागि सरकार कर असुलीमा मात्रै नभएर यसको आयातमा उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्न तत्पर रहनुपर्दछ । यसको विश्वव्यापीकरण भैसकेको अवस्थामा यसबाट उचित फाइदा लिन हामी चुक्नुहुन्न । यसबाट हुनसक्ने आर्थिक सिर्जनामा ध्यान दिन आवश्यक छ ।

आजका दिनमा मोबाइलको बजार आकासिँदै जानु मोबाइल व्यापार गरेर जिउनेकै लागि लाभदायक हुनसक्छ तर देशको अर्थतन्त्रको गतिविधिलाई यसले प्रभावित बनाइरहेको छ । यसको खपत नेपालमा जति बढ्छ त्यति नै नेपाली रूपैयाँ विदेशिन्छ जुन आयात गरेर देशको उत्पादन बढ्दैन भएको ढुकुटी रित्तिँदै जान्छ । यसले अप्रत्यक्षरूपमा नेपालको ढुकुटीलाई क्षय गराइरहेको छ ।