२३ बैशाख, २०८१ आइतबार

03:19:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

८ चैत, २०७८

मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं–सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आठ सय रुपैयाँले बढेको हो। 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले बढेर ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य सोमबार ९९ हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।