२४ बैशाख, २०८१ सोमबार

02:18:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

७ चैत, २०७८

सोमबार सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।

सोमबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।
साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।