१६ बैशाख, २०८१ आइतबार

06:12:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा गाडी किन यति धेरै महंगो ? यस्तो छ कारण

६ चैत, २०७८

भारतमा २० लाख रुपैयाँमा पाइने कुनै पनि गाडी नेपाल आइपुग्दा त्यसको मूल्यले आकाश छुन्छ । सरकारले गाडीमा विभिन्न किशिमका करहरु लगाउँदै आएको छ । त्यसैले पनि भारतमा २० लाख पर्ने गाडी नेपाल आइपुग्दा उपभोक्ताले ८५ लाख रुपैयाँसम्म तिनु पर्ने हुन्छ ।

नेपालमा गाडी किन यति धेरै महंगो ? यस्तो छ कारण

नेपालमा सवारी साधनलाई सरकारले विलासिताको वस्तु अन्तर्गत राखेको छ । त्यसैले पनि सवारी साधनमा सरकारले विभिन्न किशिमका करहरु लिने गरेको छ । यही कारण पनि नेपालमा सवारी साधन किन्नु निकै महंगो पर्छ । सरकारले लिने विभिन्न करहरुका कारण भारतमा २० लाखमा पाइने गाडी नेपालमा किन्दा ८५ लाख रुपैयाँसम्म पर्ने गर्छ । सरकारले गाडीमा ८० प्रतिशतसम्म भन्सार शुल्क, शतप्रतिशतसम्म अन्तःशुल्क, १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिदै आएको छ । 

यही तपाईले कुनैपनि २० लाख रुपैयाँ बराबरको गाडी लिदै हुनुहुन्छ भने तपाई त्यसमा भन्सार शुल्क ८० प्रतिशत तिर्दा १६ लाख रुपैयाँ थपिएर ३६ लाख रुपैयाँ हुन्छ । ३६ लाखमा फेरि ९० प्रतिशत अर्थात् ३२ लाख ४० हजार रुपैयाँ अन्तशूल्क थपिन्छ । अन्तशूल्क पछि गाडीको मूल्य ६८ लाख ४० हजार रुपैयाँ हुन्छ । अन्तशूल्क थपिएको मूल्यमा फेरि १० प्रतिशत सडक दस्तुर थपिन्छ । १० प्रतिशत सडक दस्तुर ६ लाख ८४ हजार रुपैयाँ हुन्छ । सडक दस्तुरको मूल्य समेत जोड्दा गाडीको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ । सडक दस्तुर समेत थपिएको मूल्यमा फेरि १३ प्रतिशत भ्याट अर्थात् ९ लाख ७८ हजार १ सय २० रुपैयाँ थप जोड्दा गाडीको मूल्य ८५ लाखभन्दा बढि हुन्छ । 

सरकारले लिने यी र यस्तै करहरुका कारण पनि नेपालमा गाडी किन्नु एकदमै महंगो हुँदै आएको छ ।