२४ बैशाख, २०८१ सोमबार

01:36:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको पहिलो दिन सुनको मूल्य घट्यो, तोलाको कति ?

Nepal Business

६ चैत, २०७८

साताको पहिलो दिन सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डौं–साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा छ सय रुपैयाँले घटेर ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।