२४ बैशाख, २०८१ सोमबार

01:31:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

Nepal Business

४ चैत, २०७८

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने घटेको छ ।

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाण्डौं

सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहि छापावाला सुनको मूल्य तोलामा ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।