२३ बैशाख, २०८१ आइतबार

09:20:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७ महिनामा करिव ६ करोडको रंग आयात, सबैभन्दा धेरै भारतबाट

Nepal Business

२ चैत, २०७८

चालु आर्थिक वर्षको सात महिना (साउन–माघसम्म) मा पाँच करोड १९ लाख ९६ हजार रुपैयाँको रंग आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । रंग आयातबाट एक करोड ५७ लाख चार हजार रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

७ महिनामा करिव ६ करोडको रंग आयात, सबैभन्दा धेरै भारतबाट

काठमाण्डौं

प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड मध्ये एक हो, होली । होली विशेषगरी नेपाली तथा भारतीयहरुले शुल्क पूर्णिमाका दिन मनाउने गर्छन् । यसलाई रंगहरुको तिहार पनि भनिन्छ ।

यस दिन मानिसहरूले एक अर्कालाई रंगिबिरङगी रंगहरु लगाएर होली मनाउन्छन् । अग्रजहरुले आफूभन्दा सानालाई र सानाले ठूलालाई टिका लगाउने चलन छ ।

होलीमा खेलिने सप्तरंगी रंगहरु नेपालले करौडो रुपैयाँको आयात गर्छ । नेपालमा सबैभन्दा धेरै रंग भारतबाट आयात हुन्छ भने बाँकी चाइना र इन्डोनेशियाबाट ।

भान्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले रंगहरु होलीकै लागि भनेर आयात नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘होलीकै लागि भनेर आयात हुँदैन । रेगुलर वेसिमा नै आयात हुन्छ ।’ 

चालु आर्थिक वर्षको सात महिना (साउन–माघसम्म) मा पाँच करोड १९ लाख ९६ हजार रुपैयाँको रंग आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । रंग आयातबाट एक करोड ५७ लाख चार हजार रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

यस्तै गत आर्थिक वर्ष २०७७÷०७८ को सोही अवधिमा छ करोड १८ लाख २९ हजार रुपैयाँको रंग आयात भएको छ भने दुई करोड १५ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । 

गत आर्थिक वर्षको तुलनमा चालु आर्थिक वर्षमा रंग कम आयात भएको भन्सार विभागको जनाएको छ । 

कोरोना महामारी सुरु भएसँगै सरकारले यसको रोकथामका लागि लगडाउन तथा निषेधज्ञा गर्यो । सरकारले धेरै भिडभाड नगर्ने निर्देशन दिएको थियो । त्यसको असर व्यापार व्यवसायसँगै होलीमा पनि पर्यो । 

होलीको सांस्कृतिक महत्व 

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको संस्कृतविदहरु बताउनुहुन्छ । उहाँहरुका अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ ।

हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको भन्ने मान्यता छ । 

होली खेल्ने दिन भन्दा एक दिन अघि राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि, युवा तथा वृद्धवृद्धा सबैले होलीमा रमाइलो गर्छन् । 

विशेषगरी होली युवापुस्ता माफ बढि लोकप्रिय छ । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर विभिन्न कार्यक्रम, कन्र्सट गरेर मनाइन्छ ।

होलीकै अवसरमा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर –लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।