४ जेठ, २०८१ शुक्रबार

09:04:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कुनको कति ?

२ चैत, २०७८

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कुनको कति ?

काठमाडौं
आज (चैत २ गते बुधबार) २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बुधबार गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ गरिमा विकास बैंकले चैत ४ गते र एनएलजीले चैत ६ गते बुकक्लोज गर्दैछन्। चैत ३ गते होलीको सार्वजनिक बिदा भएका कारण, आज (बुधबार) सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चैत १८ गते १५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नलाग्ने कम्पनीले जनाएको छ ।

साथै सभाले बोनस सेयरपश्चात कायम चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक सेयर कायम गर्न अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्काशन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
 
उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।