२३ बैशाख, २०८१ आइतबार

11:19:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार पनि सुनको मूल्य घट्यो, तोलाको कति ?

२ चैत, २०७८

बुधबार पनि सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डौं

सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।