४ जेठ, २०८१ शुक्रबार

10:54:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

२ चैत, २०७८

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाण्डौं

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र नीजि क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो नतिजा दिनसक्ने बताउनुभएको छ ।

पोखरीया नगरपालिका वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नतिगरिएको शल्यचिकित्साकक्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।’ 

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो नतिजा आउछ भन्ने कुरा उद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पारेको उहाँले बताउनुभयो । ‘म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरुले नीजि क्षेत्रसँग सहकार्य गरेर यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ ’,  उहाँले भन्नुभयो, ‘यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहँुच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ ।’,  

ढकालले निजी क्षेत्रलाई राज्यले सहजिकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताउनुभयो । ‘निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने जुन सुकै काम पनि नीजि क्षेत्रले सहज र छिटो गर्न सक्छ । यसलाई राज्यले सहजिकरण  मात्र गरे पुग्छ’, उहाँले भन्नुभयो ।

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिकउत्तरदायित्व पनि निभाउँदै आएको ढकालले बताउनुभयो । 

कोभिडको समयमा नेपालको नीजि क्षेत्रले खेलेको भूमिकाले नीजि क्षेत्रको सामाजिकउत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराउनुभयो ।