२३ बैशाख, २०८१ आइतबार

09:22:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घट्यो

१ चैत, २०७८

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घट्यो

काठमाण्डौं

सुनको मुल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा  एक हजार आठ सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  सोमबार छापावाला सुनको मूल्य तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य सोमबार एक लाख एक हजार आठ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।