२३ बैशाख, २०८१ आइतबार

10:15:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

३० फागुन, २०७८

सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं
सोमबार सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।