१७ बैशाख, २०८१ सोमबार

10:59:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको बिजुली किन्न बंगलादेशको चासो

Nepal Business

२८ मंसिर, २०७८

नेपालको बिजुली किन्न बंगलादेशको चासो

२८ मंसिर, काठमाडौं । 
बंगलादेशले नेपालमा खेर गइरहेको बिजुली खरिद गर्न चासो देखाएको छ । 
बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग भएको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताउनुभयो । ‘
उँहाले नेपालबाट विद्युत आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताउनुभयो । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट बिजुली खरिद गर्ने बताउनुभएको छ । 
‘नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता गर्ने गृहकार्य अघि बढाउन पनि तयार रहेको मन्त्री नसरुलले बताउनुभयो । अहिलेसम्म नेपालको निजी क्षेत्रले विद्युत् ब्यापारको अनुमति भने पाएको छैन ।