२३ बैशाख, २०८१ आइतबार

03:44:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२९ फागुन, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं
साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सय रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयामाँ कारोबार भएको महासंघले जनाएको  छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।