२० बैशाख, २०८१ बिहिबार

01:16:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२७ फागुन, २०७८

शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं
शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा ३५ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपियाँमा र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १४०५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।