२० बैशाख, २०८१ बिहिबार

06:56:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

२५ फागुन, २०७८

बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।