२० बैशाख, २०८१ बिहिबार

04:04:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगातार बढ्दै सुनको मूल्य, सोमबार कति पुग्यो तोलाको ?

२३ फागुन, २०७८

सोमबार सुनको मूल्य तोलामा ११ सय रुपियाँले बढेको हो ।

लगातार बढ्दै सुनको मूल्य, सोमबार कति पुग्यो तोलाको ?

काठमाडौं
नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।  सोमबार सुनको मूल्य तोलामा ११ सय रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो (आइतबार) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।  सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ३५ रुपैयालेँ बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।