२० बैशाख, २०८१ बिहिबार

12:47:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो सुनको मूल्य, तोलाको ९९ हजार ९०० रुपैयाँ

२० फागुन, २०७८

शुक्रबार चाँदीको मूल्य स्थिर

बढ्यो सुनको मूल्य, तोलाको ९९ हजार ९०० रुपैयाँ

काठमाडौं
रुस–युक्रेन युद्ध चर्किएसँगै सुनको मूल्यमा उछाल आएको छ। शुक्रबार सुनको मूल्य बढेर १ लाख नजिक पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपियाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा  शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार  तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।