१७ बैशाख, २०८१ सोमबार

04:47:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारी अनुदानमा प्राङ्गारिक मल उद्योग सञ्चालन

Nepal Business

२७ मंसिर, २०७८

अर्थमन्त्रालयले दियो ३ करोड ३२ लाख अनुदान

सरकारी अनुदानमा प्राङ्गारिक मल उद्योग सञ्चालन


 काठमाण्डौं, मंसिर २७
सरकारले दिएको रु ३ करोड ३२ लाख अनुदान लागतबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ । 
उद्योग स्थापनाको लागि रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । उद्योगले प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ । नगरपालिकामा रासायनिक मलको प्रयोग हटाउने उदेश्यका साथ आगामी पाँच वर्षभित्र पूणर् अर्गानिक बनाउन स्थापना गरिएको सो उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन थालिएको छ । 
उत्पादित मल गुणस्तरीय र मलिलो भएको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए । पहिलो चरणमा नगरपालिका भित्रका कृषकलाई अनुदानमा वितरण गर्ने तयारी छ । आगामी दिनमा नगरपालिकाको अगुवाइमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।
उद्योगमा मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकिलो दुई रुपैयाँका दरले स्थानीयबाट खरिद गर्ने गरिएको छ । यसले स्थानीयलाई जागरुक बनाई हौसला थपेको पाइन्छ ।