२४ बैशाख, २०८१ सोमबार

10:27:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल मुद्रा विप्रेषक संघकमा नयाँ कार्यसमिति गठन

Nepal Business

२७ मंसिर, २०७८

साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

नेपाल मुद्रा विप्रेषक संघकमा नयाँ कार्यसमिति गठन


काठमाण्डौं, मंसिर २७
आइतवार नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । 
नयाँ कार्यसमितिमा टण्डन अध्यक्ष, नेपाल रेमिट इन्टरनेशनल प्रालिका रितेश मित्तल उपाध्यक्ष, सूर्या रेमिटका सञ्जय सिग्देल महासचिव, आईपे रेमिटका इन्द्रप्रसाद शर्मा कोषाध्यक्ष र सचिवमा इजिलिङ्क रेमिट्यान्सका दीपेन्द्र खनाल छानिएका छन् । सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनि ट्रान्सफर), दिवाकर पौडेल (जीएमई रेमिट) र सञ्जिव पाठक (एटीटी रेमिट प्रालि) चुनिएका छन् ।
अध्यक्षले संघको विधान अनुसार मनोनित गर्ने दुई सदस्यमा हिमालयन बैंक लिमिटेडबाट युमा श्रेष्ठ र प्रभु मनी ट्रान्सफरबाट रामेश्वर सापकोटा मनोनयनमा परेका छन् ।