२५ चैत, २०८१ सोमबार
07:43:59 AM
१९ फागुन, २०७८
काठमाण्डौं
सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको १३ सय ७५ रुपैयाँ थियो ।