२५ बैशाख, २०८१ मंगलबार

04:31:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१९ फागुन, २०७८

काठमाण्डौं

नेपालमा एमजी मोर्टसको आधिकारिक वितरक पारामाउन्ट मोर्टस प्रा.लिले सार्वजनिक गरेको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभि २०२२’ खरिद गर्ने तथा हर्नेको घुइँचो देखियो ।

काठमाण्डौँस्थित नक्सालमा रहेको शोरुममा कोहि चम्किलो रातो रंगको गाडीका बारेमा जानकारी लिदै थिए भने कोहि चेकजाँचमा लागेका थिए । चम्किलो विद्युतीय गाडीमा निकै आर्कषक फिचर्स रहको पारामाउन्ट मोर्टस प्रा.लिका जर्नरल म्यानेर सञ्चिन अर्याल बताउनुहुन्छ ।

उहाँका अनुसार स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा आउने गाडीमा दुई वटा ब्याट्री प्याक रहेको छ । एउटा ५१.५केडब्लुएच हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९ किलोमिटर छ भने अर्को ७२.६ केडब्लुएच ब्याट्री भएको छ । जसको रेन्ज ४४० किलोमिटर रहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्ट्याण्र्डर रेन्चले ३ सय १९ किलोमिटर लङ रेन्चले ४ सय ४० किलोमिटरको सर्टिफिकशन दिन्छ ।’

एमजी जेडएस इभी २०२२ को इन्टिेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चका टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिसप्ले रहेको कम्पनीले जनाएको छ ।

यस्तै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरु छन् । यो ८.५ सेकेण्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ ।

एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो विद्युतीय गाडी पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्वील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेको 
कम्पनीले जानकारी दिएको छ । 

सो गाडीमा पावर्ड ड्राइभर सिट, अटोम्याटिक हेडलाइट र वाइपर, कनेक्टेड कार  टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्कब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । 

गाडीकोे चाजिङ पोर्ट एमजी ब्याजका छेउमा राखिएको अर्यालले जानकारी दिनुभयो । ‘अहिलेसम्म हामीले घरमै चार्ज गरिरहेका छौँ । हामी आफै चार्जिङ बनाउन तिर लागेका छौँ । हाम्रो टार्गेट २०२२ को अन्तसम्ममा देशभरमा डिसी चार्जर प्रमुख हाइवेमा राख्ने योजना छ’, उहाँले भन्नुभयो, ‘पहिलो चरणमा १५ वटा राखेर सुरुवात गर्छौँ ।’

यस्तै उहाँले विद्युतीय गाडीलाई अझ प्रभावकारी बनाउन पूर्वाधारको निर्माण गर्नुपर्ने बताउनुभयो । ‘यसको चार्जिङ नेटर्वक्स जति राम्रो र भर पर्दाे हुन्छ, त्यति नै मान्छेहरु विद्युतीय गाडी किन्दा ढुक्क हुन्छन्’, उहाँले भन्नुभयो, ‘सरकारले पनि विद्युतीय गाडीमा राम्रो सर्पोट गरेको छ । आगामी दनिमा पनि सहयोग हुन्छ होला ।’

यसैगरी उहाँले स्ट्याण्र्डर मूल्य ५१ लाख ९९ हजार र लङ रेन्चका लागि ५९ लाख ९९ हजार रुपैयाँ गाडीको मूल्य रहेको बताउनुभयो ।