२० बैशाख, २०८१ बिहिबार

07:35:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य एक लाख नजिक, तोलाको कति पुग्यो ?

Nepal Business

१८ फागुन, २०७८

सुनको मूल्य एक लाख नजिक, तोलाको कति पुग्यो ?

काठमाण्डौं

सुनको मूल्य लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार छ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार एक सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।