२० बैशाख, २०८१ बिहिबार

06:52:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

Nepal Business

१७ फागुन, २०७८

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाण्डौं

सुनको मूल्य घटबढ भइरहेको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा छ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।