२१ बैशाख, २०८१ शुक्रबार

09:01:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ध्रुव थापा नाडाको अध्यक्षमा विजयी

२६ मंसिर, २०७८

थापाले १ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए ।

ध्रुव थापा नाडाको अध्यक्षमा विजयी

नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालको विहिबार भएको निर्वाचनमा ध्रुव थापा अध्यक्ष पदमा विजयी भएका छन् ।

थापाले १ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए । उनका प्रतिद्रन्द्री करणकुमार चौधरीले १ हजार ३ सय ४७ मत ल्याएका थिए । यो मत मरिमाणलाई हेर्दा ६६ मतले थापा विजयी भएको देखिन्छ ।

त्यस्तैगरी संस्थागत सदस्य तथा साधरण सदस्यमा आकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल शिवकोटी, प्रदिप मान प्रधान, यमुना श्रेष्ठ, राजन बाबु श्रेष्ठ, सुनिल रजिाल, सुरेन्द्र कुमार उप्रेती(सुरेश), अनुप कुमार बराल, विक्रम सिंघानिया, निलमणी पाठक(राम), प्रकाश कपुरी, मिलन बाबु मल्ल, अभिक बाबु ज्योती, पंकज अग्रवाल, वरदान बस्नेत, गोपाल भट्टराई विजयी भएका छन् ।