२० बैशाख, २०८१ बिहिबार

06:16:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

१३ फागुन, २०७८

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाण्डौं

सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।  

छापावला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार पुगेको थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।