२० बैशाख, २०८१ बिहिबार

03:24:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, तोलाको ९९ हजार

१२ फागुन, २०७८

सुनको मूल्य बढ्यो, तोलाको ९९ हजार

काठमाण्डौं 

सुनको मूल्य करिब लाखको आसपास पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा २५ सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य बुधबार ९६ हजार रुपैयाँ थियो ।  सुनको मूल्य एक्कसी उकालो लाग्नुको कारण रुस र युक्रेनको द्धन्द्ध रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई देशका द्धन्द्धमा शक्तिशाली राष्ट्रको पनि हात रहेकाले अन्तराष्ट्रिय बजारमा असर देखिएको हो ।  सुनको मूल्य पनि अन्तराष्ट्रिय बजार अनुसार नै निर्धारण हुने भएकाले यसमा द्धन्द्धको प्रभाव परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले स–साना कारणहरु हराउदै गएका छन् । रुस र युक्रेन कै द्धन्द्धले सुनको मूल्य बढेको हो । अरु त्यस्तो कारण केहि छैन ।’

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।