२० बैशाख, २०८१ बिहिबार

06:27:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

११ फागुन, २०७८

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं

सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको हो ।  

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।