२५ बैशाख, २०८१ मंगलबार

08:53:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार सहजीकरणका लागि नाडाको माग

Nepal Business

९ फागुन, २०७८

  भन्सार सहजीकरणका लागि नाडाको माग

काठमाण्डौं

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सार सहजिकरणका लागि माग गरेको छ । सोमबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्सीय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दे भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गर्दै  भन्सार सहजिकरणका लागि माग गर्नु भएको हो ।

उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गर्नुभयो । सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्यांकन सन्दर्भ सूची नै खारेज गरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गिकरण गराई भन्सार मूल्यांकन पद्दतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरि दिनु हुन आग्रह समेत गर्नुभयो । 

यस्तै सो छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउनु हुँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भईरहेकोले त्यसको समाधानका लागि अनुरोध गर्नुभयो । 

यस्तै अर्का उपाध्यक्ष सुनिल रिजालल एलसी  खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरु बारे बताउनु हुँदै एउटै वस्तुमा भिन्न–भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ्ग जस्ता अत्यावश्य वस्तुमा पनि सत–प्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरि दिन अनुरोध गर्नुभयो । 

उपाध्यक्ष रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि अनुरोध गर्नुभयो । सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतिले २०७३ असार २६ गते भन्सार विभाग र नाडाबीच भएको सहमति बारे जानकारी दिँदै विभागले अनलाइन पेमेन्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गर्नुभयो । 

यसैगरी महासचिव उप्रेतिले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गर्नुभयो ।