६ मंसिर, २०८१ बिहिबार

08:47:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वमुख्यमन्त्री लालु प्रसाद यादव ९६ लाख जरिवाना सहित ५ वर्ष कैद

Nepal Business

९ फागुन, २०७८

पूर्वमुख्यमन्त्री लालु प्रसाद यादव ९६ लाख जरिवाना सहित ५ वर्ष कैद

भारत
चरा घोटाला मुद्दामा भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई ९६ लाख जरिवाना सहित ५ वर्षको कैद  फैसला भएको छ ।

झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दामा १५ फेब्रुअरीमा अदालतले यादवलाई दोषी ठहर गरेको थियो। 

डोरन्डा कोषागारको चारा घोटाला बहुचर्चित प्रकरण हो । यस घोटालामा लालू यादवलाई मुख्य षड्यन्त्रकारीको आरोप लगाइएको थियो । उनलाई लगाइएको यहि आरोपलाई अदालतले स्वीकारेको छ ।

सन् २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा रिहा भएका थिए ।