२० बैशाख, २०८१ बिहिबार

05:01:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ करोडको लागतमा सञ्चालनमा ल्याएको हेयर एण्ड शान्ति युनिसेक्स सैलुन पुरुषका लागि पनि

९ फागुन, २०७८

२ करोडको लागतमा सञ्चालनमा ल्याएको हेयर एण्ड शान्ति युनिसेक्स सैलुन पुरुषका लागि पनि

काठमाण्डौं

ब्युटी पार्लरमा महिलाहरु मात्र जान्छन् भन्ने सोच धेरैको हुन्छ । हामीले पनि पार्लरमा पुरुषको तुलनामा महिलाहरु नै बढी गएका देख्छौँ । तर पार्लर तथा यस्ता खालका सैलुन पुरुषका लागि पनि हो ।

महिला तथा पुरुषका लागि दरबारमार्गस्थित दरबार मलमा ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’को २७औँ आउटलेटले पनि त्यो कुरा प्रष्ट्याउँछ ।  उक्त सैलुन सबै ग्राहकका लागि भएको सैलुनका सञ्चालक तथा कलाकार सरु थापा बताउनुहुन्छ । 

आफ्ना ग्राहकहरु सबै ठाउँँका भएकाले सहजताका लागि थप शाखा विस्तार गर्दै दरबार मलमा २७ औँ शाखाको सेवा सुरु गरेको उहाँले बताउनुभयो । ‘यो महिलाहरुका लागि मात्र होइन, पुरुषका लागि पनि हो, धेरैको सोच महिला मात्र पार्लर जान्छन् भन्ने हुन्छ, तर आफ्नो स्किनको केयर महिला तथा पुरुष सबैले गर्नुपर्छ, राम्रो हुने र देखिने मन जो कोहीलाई पनि हुन्छ नी ’, उहाँले भन्नुभयो, ‘आफ्नो शरीरको केयर सबैले गर्नुपर्छ, यही उद्देश्यले थप आउटलेट खोलेका छौँ ।’

सैलुनमा दक्ष जनशक्तिबाट सेवा दिइन्छ । भारतको दिल्लीमा तालिम लिई त्यहाँ वर्षैकाम गरेका अनुभवी कामदार आउटलेटमा रहेको उहाँको दावी छ । सैलुनमा  प्रोफेशनल मेकअप, पेनलेस डिप्लिलेशन, हेयरकट एण्ड स्टाइलिङ, आइले एक्टेशन्स, प्रोफेशनल स्टाइलिस्ट, स्पा, रिजेनेरेटिङ ट्रिटमेन्ट, मेनिकेयर, पेडिकेयरलगायतका सुविधा छन् । 

करिब दुई करोड खर्च गरेर सञ्चालनमा ल्याएको यस आउटलेटले पनि सबै ग्राहकहरुको मन जित्न सफल हुनेउहाँको विश्वास छ । उहाँ थप्नुहुन्छ, ‘हामीले आफ्नो क्वालिटी तथा स्ट्याण्डरलाई मेन्टेन गरेका छौँ र धेरै ग्राहकहरुको मन जित्न सफल भएका छौँ, आगामी दिनमा पनि ग्राहकहरुको मन जित्न सफल हुनेछौँ ।’

थापाका अनुसार अब ‘हेयर एण्ड सैलुन’लाई उपत्यकामा मात्र नभएर देशका कुना–कुना लैजाने योजना छ ।  भारतको दिल्लीबाट सुरु भएको सैलुनको यात्रा नेपालसम्म आइपुग्दा पनि तालिम लिन भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यता रहेकामा थापा दुखित हुनुहुन्छ । रोजगारीको सम्भावना बोकेको यस व्यवसायलाई सरकारले सही तरिकाले मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाई छ । 

‘यहा काम गर्ने सबैले दिल्लीबाट ट्रेनिङ  लिएर आएका छन् ।  सक्नेले अन्य देशमा गएर धेरै पैसा खर्च गरेर तालिम लिने गरेका पनि छन् । यदि सरकारले कम पैसामा आफ्नै देशमा सिक्ने तथा पढ्ने वातावरण बनाए युवाहरु महंगो पैसा तिरेर बाहिर नजाने थापाको जिकिर छ । 

थापा नेपालमा सैलुन तथा पार्लर सम्बन्धी पढाई नै जरुरी देख्नुहुन्छ । सरकारले सिटिइभिटी अन्तर्गत पार्लरलगायतका तालिम राखे पनि पाठ्यक्रममा नै सिपमूलक शिक्षा समावेश गरिनुपर्ने उहाँको धारणा छ । ‘ब्यूटी हस्पिटल तथा कलेज खोल्नुपर्छ, जहाँ पढेर, सीप सिकेर उद्यमी बन्न सकुन्, रोजगारी दिन सकुन्’, उहाले भन्नुभयो, ‘सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’

भिडियो सहित