२० बैशाख, २०८१ बिहिबार

01:50:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

Nepal Business

९ फागुन, २०७८

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौं

साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य चार सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार छ सय 
रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार एक सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।