२२ बैशाख, २०८१ शनिबार

09:09:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तह र उपभोक्ता समितिहरुलाई १५ दिनभित्र बाँकी बक्यौता महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणको चेतावनी

Nepal Business

८ फागुन, २०७८

स्थानीय तह र उपभोक्ता समितिहरुलाई १५ दिनभित्र बाँकी बक्यौता महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणको चेतावनी

काठमाण्डौं

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत बिल समर्थन एंव बक्यौता महशुल भुक्तानी गर्न स्थानीय तह र उपभोक्ता समितिहरुलाई सूचना जारी गरेको छ । प्राधिकरणले आइतबार सूचना मार्फ उक्त बक्यौता भुक्तानी नगरेमा स्थानीय तह र उपभोक्ता समितिहरुको विद्युत सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

उक्त सूचनामा लेखिएको छ, ‘उपरोक्त अनुसारको बक्यौता महशुल भुक्तानी नगर्ने वा भुक्तानी गर्ने गरी समर्थन नगर्ने स्थानीय तह वा उपभोक्ता समुहको कार्यालयको विद्युत सेवा समेत बन्द गर्न सकिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।’

प्राधिकरणले १५ दिनभित्र प्राधिकरणबाट जारी गरिएका विद्युत बिलहरु अनुसार भुक्तानी गर्न र बाँकी बुझाउनु पर्ने बक्यौता रकम सम्बन्धित केन्द्रसँग समन्वय गरि प्रमाणीकरण गर्न अनुरोध गरेको छ ।

उक्त सूचनामा अनुसार बक्यौता महसुल भुक्तानी गर्न अटेर गर्ने वा भुक्तानी गर्ने गरि समर्थन नगर्ने स्थानीय तह वा उपभोक्ता समहुको कार्यालयको विद्युत सेवा बन्द गर्न सकिन्छ ।

प्राधिकरणका अनुसार स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका,नगरपालिका तथा गाउँपालिका) वा उपभोक्ता समुहहरुले जडान गरेका सडक बत्तीहरुको  बक्यौता महसुल पछिल्लो समयमा  बृद्धि हुँदै गएको छ। केहि स्थानीय तहहरुले मासिक विद्युत बिल समर्थन गर्न समेत आनाकानी गर्ने गरेको प्राधिकरणले जनाएको छ। 

‘स्थानीय तह तथा उपभोक्त समितिले बुझाउनु पर्ने बक्यौता रकमको विरण संकलन गर्ने काम भइरहेको छ’, प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो, ‘विवरण संकलन गर्ने छुट्टै निकाय हुन्छ । सो निकायले विवरण पठाएपछि कति बक्यौता तिर्न बाँकी छ अनि भन्न मिल्छ ।’