६ मंसिर, २०८१ बिहिबार
09:10:27 PM
७ फागुन, २०७८
अमेजनले सम्झौता भएसँगै अबदेखि भिसाका क्रेडिट कार्ड स्वीकार्ने भएको छ । अमेजनले आफ्ना सबै साइटमा भिसा कार्ड स्वीकार्ने भएको हो । दुई कम्पनीले यससम्बन्धी सम्झौता गरेको बीबीसीले जनाएको छ । अनलाइन खुद्रा बिक्रेता अमेजनले गत वर्ष बेलायतमा भिसा क्रेडिट कार्ड प्रयोग नै रोक्ने चेतावनी दिएको थियो ।
खासगरी भिसाले भुक्तानीमा लगाएको शुल्कमा अमेजनको असन्तुष्टि थियो । सिंगापुर र अस्ट्रेलियामा रहेका अमेजन ग्राहकले भिसा क्रेडिट कार्ड प्रयोग गरे थप शुल्क तिर्नुपर्ने अवस्था थियो । तर अब त्यसको अन्त्य भएको छ । बिहीबारबाट दुई देशमा पनि थप शुल्क नलाग्ने भएको छ । अमेजन र भिसा दुवैले यो सम्झौताबाट उत्साहित भएको बताएका छन् ।