२५ बैशाख, २०८१ मंगलबार

01:01:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाउन राष्ट्र बैंङ्कलाई नाडाको आग्रह

६ फागुन, २०७८

एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाउन राष्ट्र बैंङ्कलाई नाडाको आग्रह

काठमाण्डौं

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नाडाका अध्यक्ष धुव्र थापाले यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पुर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि आग्रह गर्नुभएको छ । 

हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म कायम गरेको थियो । 

नाडाका अनुसार यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तिय संस्थाहरुले ब्याज प्रदान गर्ने व्यवस्थाका लागि राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न माग गरिएको छ ।

साथै हालै नेपालका बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंङ्क तथा वित्तीय निकायहरुले स्वभाविक रुपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचारका लागि पनि नाडाले माग गरेको छ । 

वित्तीय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई तरलता समस्याको समाधान पनि नहुने निश्चित नाडाले जनाएको छ । यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको ब्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल बैङ्कसँग नाडाको माग छ ।