२० बैशाख, २०८१ बिहिबार

05:32:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको अन्तिम दिन शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

६ फागुन, २०७८

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले छ ।

साताको अन्तिम दिन शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं
साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सन तोलाको ९६ हजार रुपैयामाँ कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर छ । शुक्रबार चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको थियो ।