२० बैशाख, २०८१ बिहिबार

07:42:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

५ फागुन, २०७८

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

१ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं
बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी पनि १० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा १६०० रुपैयाँले घटेको थियो ।