६ मंसिर, २०८१ बिहिबार

09:01:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५ अर्ब ७४ करोड अमेरिकी डलर दान, धेरै दान गर्ने अमेरिकीमा दोस्रो

Nepal Business

४ फागुन, २०७८

५ अर्ब ७४ करोड अमेरिकी डलर दान, धेरै दान गर्ने अमेरिकीमा दोस्रो

विश्वकै धनी टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले ५ अर्ब ७४ करोड अमेरिकी डलर दानमा खर्च गर्नुभएको छ ।यसलाई विश्वकै ठूलो दान मध्येको एक भएको बताइएको छ । विश्वकै उच्च मूल्यवान् अटो निर्माता टेस्लाको ५० लाख ४४ हजार कित्ता सेयर उहाँले गत वर्षको नोभेम्बर सम्म एक च्यारिटीलाई दान गरेको अमेरिकी धितोपत्र विनिमय आयोगमा सोमबार बुझाइएको कागजातमा उल्लेख भएको रोयटर्सले जनाएको छ ।

आयोगमा बुझाइएको कागजमा कुन च्यारिटीलाई दिएको भन्नेबारे उल्लेख गरिएको छैन । उहाँले नोभेम्बरको सुरुतिरै आफ्नाप्रयोगकर्तासँग सेयर बेच्न ठीक कि बेठीक रहेको सर्वेक्षण गरिरहनु भएको थियो ।त्यसबेला उहाँले  १६ अर्ब ४० करोड डलरको सेयर बिक्री गर्न खोज्नु भएको थियो। उहाँले सन् २०२१ मा ११ अर्ब डलरभन्दा धेरै करबापत बुझाउनु पर्ने बताउनु भयो ।  त्यतिबेला करलाई लिएर चर्चित अमेरिकी राजनीतिज्ञ बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनसँग उहाँको विवाद भएको थियो । यो दानसँगै मस्क धेरै दान गर्ने अमेरिकीमा बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सपछि दोस्रो ठूलो दाता बन्नु भएको छ ।