२० बैशाख, २०८१ बिहिबार

05:25:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै

Nepal Business

२३ मंसिर, २०७८

विश्वमा कति राष्ट्र अतिकम विकसित छन ?

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै

आर्थिक विकासको हिसावले विश्वलाई विकसित, विकासशील र अतिकम विकसित गरी ३ भागमा विभाजन गरेको छ । जसमध्ये नेपाल विश्वको अतिकम विकसित मुलुकको सूचीमा पर्दछ । नेपालले राष्ट्रसंघमा नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरिपाउँ भनि प्रस्ताव पेश गरेको थियो ।

हाल संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट माथि उठाउने प्रस्ताव अनुमोदन गरेको छ । बैठकले नेपालका साथै बाङ्लादेश र लाओसको प्रस्ताव पनि स्वीकार गरेको छ । नेपालले विकासशील मुलुक हुन पाँच वर्षको समय पाएको छ । महासभामा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले राष्ट्रसंघका मापदण्ड पूरा गर्दै नेपाललाई विकासशील बनाउने प्रतिबद्धता जनाएका छन ।

राष्ट्रसंघको मापदण्ड अनुसार, आगामी पाँच वर्षभित्र नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुनेछ । नागरिकको प्रतिव्यक्ति आय, आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकका तीन मापदण्डमध्ये दुईमा उत्तीणर् हुने देश विकासशीलको सूचीमा उक्लिन पाउँछन् । यसमध्ये नपालले आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ । प्रति व्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन ।

संयुक्त राष्ट्रसंघले बनाएको विकास सम्बन्धी नीति अनुसार, नेपाल अहिले अति कम विकसित राष्ट्रको सूचीमा छ । नेपाल जस्तै अन्य ४७ मुलुक पनि यो सूचीमा पर्दछन् ।