२० बैशाख, २०८१ बिहिबार

11:51:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

४ फागुन, २०७८

एकै दिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डौं

लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा  १६ सय  रुपैयाँले घटेको हो ।  

छापावाला सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा १६ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार  तेजाबी सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।