१२ मंसिर, २०८१ बुधबार
08:57:06 AM
३ फागुन, २०७८
मस्को ।
रुस र युक्रेनबीचको विवाद उत्कर्षमा पुगेको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले फेव्रुअरी १६ मा आफ्नो देशमाथि हमला गर्न सक्ने चेतावनी दिनुभएको छ ।
दुई मुलुकबीच तिक्तता बढिरहेको समयमा युक्रेनी राष्ट्रपतिको यस अभिव्यक्तिलाई महत्वपूर्ण घोषणा र संकेतको रुपमा हेरिएको छ ।
साथै, राष्ट्रपतिको घोषणाअनुसार आगामी ४८ घण्टाभित्र रुसले जतिबेला सुकै आक्रमण गर्न सक्छ । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजालमा भिडिओ पोस्ट समेत गर्नुभएको छ ।
अमेरिकी खुफिया एजेन्सीले पनि यसअघि नै रुसले युक्रेनमाथि बुधबार हमला गर्न सक्ने चेतावनी दिएको थियो । सम्भावित युद्ध रोक्न जर्मन चान्सलर ओल्फ स्कोल्ज मंगलबार मस्को पुग्नुभएको छ । ओल्फले संवादका लागि पश्चिमा मुुलुकहरु खुला रहेको बताउँदै यदि युक्रेनमाथि हमला भए प्रतिबन्धहरु लगाउन सकिने चेतावनी दिनुभएको छ । रुसले पूर्वी युक्रेनमा रहेका आफ्ना नागरिक मारिए हमला गर्ने चेतावनी समेत दिएको छ । अमेरिकाले बेलारुसमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो चाँडो मुलुक छाड्न भनेको छ ।
अमेरिकाले मंगलबार युक्रेनलाई १ बिलियन ऋण सहायता दिने घोषणा गरेको छ । अर्कोतर्फ जापानले पनि युक्रेनमाथि हमला गरिए रुसलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।