२२ बैशाख, २०८१ शनिबार

05:12:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जोशी हाइड्रोपावरले बोलायो स्थगित साधारण सभा, यस्ता छन् एजेण्डा

३ फागुन, २०७८

जोशी हाइड्रोपावरले बोलायो स्थगित साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं
जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित बैठक आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को स्थगित वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले फागुन ११ गते पाचौँ, छैठौँ र सातौँ वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा लिसारा हल नक्साल काठमाडौंमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ ।

सभाबाट ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गरिने छ । कम्पनीले लाभांश वितरण प्रस्ताव गरेको छैन । कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको मनोनयन गर्ने एजेण्डा रहेको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेण्डा पनि पेश गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । यसअघि बसेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।