२० बैशाख, २०८१ बिहिबार

04:12:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो

३ फागुन, २०७८

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार दुई सय रुपैयाँले बढेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ कायम गरिएको थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।