२२ बैशाख, २०८१ शनिबार

02:44:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

३ फागुन, २०७८

बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हालसम्म कम्पनीले निष्काशन गरेको आईपीओमा सोमबारसम्म ४०७ जना आवेदकबाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको ७३ हजार ४९० कित्ता सेयरका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।