२० बैशाख, २०८१ बिहिबार

07:40:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेखा थापाको विवाह सम्पन्न, नयाँ श्रीमान पर्यटन व्यवसायी

Nepal Business

२ फागुन, २०७८

रेखा थापाको विवाह सम्पन्न, नयाँ श्रीमान पर्यटन व्यवसायी

काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गर्नुभएको छ । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग थापाले केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

प्रणय दिवसका दिन यो कुरा सार्वजनिक भएको हो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । शाही पर्यटन व्यवसायी हुन् । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आउनुभएको थियो ।

२०५६ सालमा चलचित्र हिरोबाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्नुभएको थियो । हाल थापा चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । 
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो ।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको रेखाले सञ्चारमाध्ययमहरुलाई जानकारी दिएको विभिन्न सञ्चार माध्यायममा समाचार सार्वजनिक भएको छ ।