५ जेठ, २०८१ शनिबार

12:42:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्यमा वृद्धि

Nepal Business

२२ मंसिर, २०७८

सिजनमा बढ्न सकेन मूल्य किन ?

सुनको मूल्यमा वृद्धि

सुन चाँदी बजारमा  सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ ह्जार ८ सयमा कारोबार भएको थियो । सोमबारको तुलनामा आज सुनको मूल्य ५ सयले बढेको छ । अधिल्लो दिन भने सुनको मूल्य २ सयले घटेको थियो । 
आज छापावाल सुनको मूल्य प्रतितोल ९२ हजार ३ सय, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय र चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँ कायम गरिएको सुनचाँदी महासंघले जनाएको छ ।
 हिन्दु परम्परा अनुसार मंसिर महिना बैवाहिक जीवनका लागि अनुकुल महिना हो त्यसैले अधिकांश मानिसहरुले यस महिनामा बिवाह गर्ने चलन छ । बिवाहमा सुनको विशेष महत्व हुन्छ यसर्थ मंसिर महिनामा बढि सुन बिक्री हुने गर्दछ । सुनको मूल्य पनि यसै महिना बढि बढ्ने गर्दछ ।
मंसिरको अन्तिक साता आइसक्दा पनि सुनको मूल्यमा खासै ठूलो परिवर्तन देखिएको छैन । यो नहुनुमा एकत कोरोना प्रभावबाट आर्थिक अवस्था कमजोर भएको अर्को सुनलाई खासै महत्व नदिएको हुनसक्छ ।